नेपालमा सुरु भयो अनलाइन ट्राभल एजेन्सी अवधारणा

काठमाडौं, २० असार
नेपालमा अनलाइन सेभेनस्टार इन्टरनेसनल ट्राभल एन्ड टुर्सले नेपालमा अनलाइन टिकेटिङ एजेन्सीको अवधारणा सुरु गरेको छ । सेभेनस्टार इन्टरनेसनल ट्राभल एन्ड टुर्सले ओटीए (अनलाइन ट्राभल एजेन्सी) सञ्चालनमा ल्याएको हो ।

विश्वको जुनसुकै स्थानमा रहे पनि आन्तरिक र वाह्य हवाई टिकट डिजिटल प्लेटफर्मका माध्यमबाट काट्न सकिने कम्पनीले जनाएको छ ।

लामो शोध र अनुसन्धानपछि इसेभेनस्टार डटकम नामक ओटीए सञ्चालनमा ल्याएको समेत कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एक दशक लामो अनुभवलाई प्रयोग गरी हवाई टिकेटिङ सेवामा अत्याधुनिक डिजिटल प्लेटफर्मको निर्माण गरिएको समेत सेभेनस्टारले जनाएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक शिव शर्मा बास्तोलाले यसको माध्यमबाट विश्वभरको बजार र विश्व भर छरिएर रहेका उपभोक्तामाझ पहुँच विस्तार गरिएको बताए ।

अनलाइनबाट काटिएको टिकटको टिकटको भुक्तानी नेपाली वा विदेशी बैंकका भिसा, मास्टरकार्ड तथा अन्य कार्डहरू, विभिन्न बैंकिङ् वालेटबाट सोझै तिर्न सकिने गरी प्रणाली विकास गरिएको उनले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *