रास्वपाका मन्त्रीहरुलाई प्रधानमन्त्रीले भने– चाँडै विश्वासको मत लिन्छु, पर्खिनुस्

काठमाडौं, २० असार
राजीनामा दिन पुगेका रास्वपा मन्त्रीहरु राजीनामा नदिइ बालुवाटारबाट फिर्ता भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै राजीनामा नदिन आग्रह गरेपछि फिर्ता भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी गराए ।

“हाम्रा मन्त्रीहरु राजीनामा बोकेरै जानुभएको हो, म पनि सँगै गएको थिएँ, प्रधानमन्त्रीले अहिले राजीनामा नदिनुस्, मैले चाँडै नै विश्वासको मत लिन्छु भन्नुभयो । हामी त्यसबेलासम्म पर्खिन्छौँ ।”

उनका अनुसार रास्वपाले चाँडै नै विश्वासको मत लिन प्रधानमन्त्रीसँग आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *