वैदिक आयुर्वेदको आयोजनामा मानव आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न

चितवन, असार १९

चितवनको वैदिक आयुर्वेद सेवा प्रा.लिले अमेरिका र वेस्टइन्डिजमा भएको टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीले लिने प्रत्येक रन बराबरको संख्यामा असाहय, अनाथ बालबालिका तथा जेष्ठ नागरिकलाई खाना खुवाउने घोषणा गरे अनुरुप आज बुधवार १०० जनालाई भोजनको व्यवस्था गरेको हो ।

भरतपुर, चितवनमा रहेको मानव आश्रम (मानवता प्रर्बद्धन महाअभियान) मा रहेका १०० जना असाहय, अनाथ बालबालिका तथा जेष्ठ नागरिकलाई खाना खुवाउने भनी अमेरिका र वेस्टइन्डिजमा सम्पन्न विश्वकपमा नेपाली क्रिकेट खेलाडीको मनोबल उच्च राख्न वैदिक आयुर्वेद सेवा प्रा.लि.ले सामाजिक कामको घोषणा गरेको थियो ।

वैदिक आयुर्वेद सेवा प्रा.लि. का म्यानेजर भागवत लामिछानेका अनुसार वैदिक आयुर्वेद सेवा प्रा.लि.ले गर्ने विभिन्न सामाजिक कार्य अन्र्तगत यस पटक असाहय, अनाथ बालबालिका तथा जेष्ठ नागरिकहरुलाई पहिलो चरणमा १०० जनालाई खाना खुवाउने कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

वैदिक आयुर्वेदका प्रबन्धक एवं आयुर्वेदका जानकार चक्रपाणि न्यौपानेले सिमित स्रोत र साधनका विच पनि नेपाली खेलाडिहरु विश्वकपमा पुग्नु गौरवको बिषय भएको भन्दै आगामी दिनमा नेपाली खेलाडीहरुको उत्कृष्ट प्रदर्शन र नेपाली क्रिकेट खेलको विकासका लागि विभिन्न आश्रममा पुगेर असाहय अनाथ बालबालिका तथा जेष्ठ नागरिकलाई खाना खुवाउने कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

वैदिक आयुर्वेदले सामाजिक उत्तदायित्व अन्तर्गत चितवन र अन्य जिल्लाहरुमा खेलकुद लगायत विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *