रास्वपामा मुकुलको माग: मैले बिहे गर्ने कि नगर्ने पार्टीले निर्णय गरिदेओस्

काठमाडौं, असार १९-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले आफ्नो व्यक्तिगत जीवनबारे पनि निर्णय गरिदिन पार्टी नेतृत्वसँग माग गरेका छन् । आफ्नो प्रेम सम्बन्धलाई लिएर पार्टीकै नेताहरुले टिप्पणी गरेपछि उनले यस्तो माग गरेका हुन् ।

बुधबार बसेको केन्द्रीय समिति बैठकमा उनले तयार पारेको लिखित धारणामा प्रेम सम्बन्धलाई लिएर प्रश्न उठेको भन्दै व्यक्तिगत जीवनबारे केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक नपर्ने बताएका हुन् ।

‘मैले बिहे गर्ने कि नगर्ने ? कुमार नै बस्ने कि केन्द्रीय समितिले निर्णय गरिदेओस्’ मुकुलले लेखेका छन्, ‘केन्द्रीय समितिले नै केटी खोजेर योसँग (बिहे) गर भन्छ भने पनि तयार छु वा आफ्नो इच्छामा गर भन्छ भने पनि ठीक छ ।’

विवाह बाहेक पनि आफ्नो जीवनको सबै कुरा पार्टीले धारणा बनाइदिन पनि स्वीकार्य हुने उनले बताएका छन् । ‘देश छाडेर जा, देशको हित हुन्छ भने पनि गइदिन्छु’ महामन्त्री ढकालले लिखित धारणामा उल्लेख गरेका छन्, ‘राजनीति छोड्, देशको हित हुन्छ भने पनि छोडिदिन्छु । देशको हितमा कुन ठाउँमा हुँदा ठीक हुन्छ, मैले के गर्दा ठीक हुन्छ, तपाईंहरु भनिदिनुस् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *