पोखरामा एटीएम मेसिन फोड्दाफोड्दै समातिए एक युवक

पोखरा, १९ असार
पोखरामा एटीएम मेसिन फोड्दाफोड्दै एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ जिल्ला सिद्धलेख गाउँपालिका ३ घर भई हाल पोखरा महानगरपालिका ९ बस्ने २३ वर्षीय रुपेश नेपाली रहेका छन् ।

बुधबार बिहान साढे २ बजेतिर पोखरा ५, जिरो किलोमिटरमा रहेको एनएमबी बैंकको एटीएम मेसिन तोडफोड गरी रकम निकाल्न खोज्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *