तनहुँमा बस दुर्घटना, ६ जना घाइते

काठमाडौँ,असार ८-
काठमाडौँबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना भएको छ । शनिबार बिहान बस दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ट्राफिक पोष्टस्थित पृथ्वीराजमार्ग सडक खण्डमा ना ५ ख ४३७४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित दुर्घटनमा भएको हो । दुर्घटनामा ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *