राजधानीको बत्तीसपुतलीमा युवकको हत्या, ४ जना पक्राउ

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • राजधानीको बत्तीसपुतलीमा युवकको हत्या, ४ जना पक्राउ
राजधानीको बत्तीसपुतलीमा युवकको हत्या, ४ जना पक्राउ

काठमाडाैं बैशाख ३०,

काठमाडौंको बत्तीसपुतलीमा  एक युवकको हत्या भएको छ । मोरङ घर भइ हाल गौशाला बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

शनिवार साँझ धिमालमाथि तीन/चार जनाको समूहले धारिलो हतियार प्रहार गरेको थियो । घटनामा घाइते भएका धिमाललाई प्रहरीले तत्कालै उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल पु-याएको पनि उनको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *