अफगानिस्तानमा बाढीबाट मर्नेको सङ्ख्या तीन सयभन्दा धेरै

काबुल, २९ वैशाख 
रासस/एएफपी :
अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा अचानक आएको बाढीबाट तीन सयभन्दा धेरै मानिसको मृत्यु भएको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले शनिबार बताएको छ ।

अफगानिस्तानमा राष्ट्रसङ्घीय एजेन्सी डब्ल्युएफपीका सञ्चार अधिकारी राणा डेराजले भन्नुभयो, “हालको जानकारीमा बघलान प्रान्तमा तीन सय ११ जनाको मृत्यु, दुई हजार ११ घर नष्ट भएको र दुई हजार आठ सय घर क्षतिग्रस्त भएका छन् ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *