अर्जेन्टिनाको राजधानीमा रेल दुर्घटना, घाइते ६० जना अस्पतालमा

ब्युनस आयर्स, २९ वैशाख
ब्युनस आयर्समा शुक्रबार एउटा यात्रीवाहक रेल मर्मतसम्भार गर्ने रेलसँग ठोक्किँदा घाइते भएका करिब ६० जनालाई अर्जेन्टिनाको राजधानीको अस्पतालमा पठाइएको अधिकारीहरूले बताएका छन् । घाइतेमध्ये टाउकोमा चोट लागेका दुईजनाको अवस्था गम्भीर छ ।

दुर्घटना स्थानीय समयानुसार बिहान १०ः३० बजे पालेर्मोको उपनगरमा भएको थियो । सात डिब्बा भएको यात्रीवाहक रेल एक रेलवे पुलको ट्याकमा मर्मत गर्ने ट्रेनसँग ठोक्किएको थियो ।

रेलवे कम्पनीले एक विज्ञप्तिमार्फत लोकोमोटिभ र पहिलो यात्रीवाहक डिब्बा पटरी (लिक)बाट खसेको जानकारी गराएको छ । रासस/एएफपी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *