चितवनको सनराइज सहकारीका एक कर्मचारीले गरे ‘आत्महत्या’

चितवन, २९ वैशाख
चितवनको सनराइज सहकारीका एक कर्मचारीले आत्महत्या गरेका छन् । भरतपुरको गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय निर्मलकुमार महतोले आत्महत्या गरेका हुन्।

महतोले बिहीबार आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले प्रयोग गर्ने दुईवटा मोबाइलको प्राविधिक अनुसन्धान भइरहेको छ ।

सहकारी डुबेपछि महतो समस्यामा थिए । उनको घरमै बचतकर्ताहरु पैसा माग्न आउन थालेपछि उनि तनावमा थिए ।

अहिलेसम्म आत्महत्याको कारण नखुलेको र थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *