झापामा ६८ वर्षीय वृद्धाको मृत्यु, चोरले रडले हानेर हत्या गरेको स्थानियको आरोप

झापा, २६ वैशाख
झापाको बिर्तामोड–४ मा एक वृद्धा घरमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ६८ वर्षीया विष्णुमाया विष्ट मृत फेला परेकी हुन् ।

आज राती चोरले रडले हिर्काएर हत्या गरेको स्थानियहरुले बताएका छन् । राती गाउँलेले चोर आएको थाहा पाएपछि लेखेटेका थिए ।

“राती अबेरसम्म छोरासँग कुरा गरेर बस्नुभएको थियो, चोर आयो भन्ने पनि कुरा भएको थियो । विहान दुखद् घटना सुन्नु परेको छ” स्थानीयले भने ।

घटनास्थलमा पुगी झापाका प्रहरी प्रमुख मिलन केसीसहितको टोलीले अनुसन्धान सुरु गरिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *