चितवनमा माछा मार्ने क्रममा पोखरीमा डुबेर १० वर्षीय बालकको मृत्यु

चितवन, २५ वैशाख
चितवनमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

खैरहनी नगरपालिका १० मा रहेको पोखरीमा माछा मार्ने क्रममा डुबेका सञ्जय चौधरीका १० वर्षीय छोरा सिमानस चौधरीको मृत्यु भएको हो ।

बालकको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *