ललितपुर आगलागी घटनामा परेका दुई बालिकाको मृत्यु

काठमाडाैं बैशाख २४,

ललितपुरमा आइतबार भएको आगलागीको घटनामा घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
३ वर्षीया प्रिया गिरी र ८ वर्षीया एलिशा गिरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ललितपुर महानगरपालिका–१७ स्थित बाफलमा उनीहरु बस्दै आएकोमा एकाएक आगलागी हुँदा घाइते भएका थिए ।
रौतहटको राजदेवी नगरपालिका–४ घर स्थायी घर भएका घाइते थप तीन जनाको किष्ट अस्पतालमा उपचार जारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *