आज पनि क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौँ, २३ वैशाख
आज पनि क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्नेमा परेको छ ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेसी चढे पनि हेर्न नमिल्नेमा राखिएको हो ।

निरौलाले यसअघि यो मुद्दामा सुनुवाइ गरेर झगडिया झिकाउने आदेश गरेका थिए । अघिल्ला क्रमका मुद्दाहरू हेरेर सन्दीपको मुद्दा छाडी इजलास अगाडि बढेको छ ।

बलात्कार अभियोगमा दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध सन्दीपले उच्चमा पुनरावेदन गरेका हुन् ।

अघिल्लो साता समेत पेशी चढे पनि हेर्न नभ्याइनेमा परेको थियो । यद्यपि यो मुद्दालाई उच्च अदालतले अग्राधिकार दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *