अभ्यासका क्रममा मलेसियन आर्मीका दुई हेलिकप्टर ठोक्किए, १० जनाको मृत्यु

काठमाडाैं बैशाख ११,

मलेसियामा अभ्यासका क्रममा दुइटा सैनिक हेलिकप्टर ठोक्किँदा १० जनाको मृत्यु भएको छ । दुर्घटना मलेसियाको लुमुटमा भएको हो, जहाँ नौसेना आधार छ ।

दुर्घटनामा परेका एउटा हेलिकप्टरमा ७ र अर्कामा ३ जना सवार थिए । हेलिकप्टर स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार हालसम्म दुर्घटनामा कोही बाँचेको जानकारी प्राप्त भएको छैन।

मलेशियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *