एमालेले आज विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौँ, ७ वैशाख
नेकपा एमालेले आज शुक्रबार विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे बिशेष पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा शनिबारबाट सुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारी, सहभागी हुने पाहुना, कार्यक्रमको फरम्याट लगायतका विषयमा जानकारी दिने एमालेले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *