नेपालगञ्जमा युवकको शव फेला

नेपालगञ्ज, १८ चैत :

बाँकेको नेपालगञ्जमा एक युवकको शव फेला परेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२१ विर्तामा स्थानीय २० वर्षीय युवक अरबी खाँको शव आज फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–“घाँटीमा धारिलो हतियार प्रहार गरेर खाँको हत्या गरिएको खुलेको छ ।” उनको शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *