भक्तपुरमा श्रीमानको कुटपिटबाट २१ वर्षीया श्रीमतीको मृत्यु

भक्तपुर, २५ फागुन
भक्तपुरमा श्रीमानको कुटपिटबाट २१ वर्षीया श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा पवित्रा राई रहेकी छन्। राईलाई आफ्नै २५ वर्षीय श्रीमानले बिहीबार साँझ मादक पदार्थ सेवन गरी कुटपिट गरेका हुन् ।

श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी पवित्राको भक्तपुर जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची घर भएका उनीहरू भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलमा मनोजकुमार बुढाथोकीको घरमा बस्दै आएका थिए ।

सन्तोषलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *