कैलाली १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षीय पुरुष पक्राउ

कैलाली, १७ फागुन
कैलालीमा १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षीय पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने आशाराम चौधरी रहेआ छन् ।

चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *