सर्लाहीमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४८ वर्षीय पुरुष पक्राउ

सर्लाही, २१ माघ
सर्लाहीमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ छ ।

पक्राउ पर्नेमा हरिपुर नगरपालिका-७ चितायन बस्ने सिकिन्द्र चौधरी रहेका छन् । उनि शनिबार दिउँसो पक्राउ परेका हुन् ।

चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *