चोरीमा संलग्न दुईजना पक्राउ

काठमाडौँ, १७ पुस
चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरका भुवन श्रेष्ठ र चितवनका राजकुमार विश्वकर्मा रहेका छन् । उनीहरु दुईजना राजधानीको बाफलबाट पक्राउ परेका हुन् ।

उनीहरुले काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका वडा नम्बर ३ घर भई ग्वार्को मिनि मार्केट नजिकै डेरा गरी बस्ने बर्ष २७ की सुमित्रा तामाङको डेराकोठाबाट धनमाल चोरी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरुलाई बरामद सामानहरुसहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *