चितवनको राप्ती र नारायणी नदीमा भेटिए २६५ घडियाल गोही

भरतपुर, १७ पुुुस
चितवनको राप्ती र नारायणी नदीमा २ सय ६५ घडियाल गोही भेटिएका छन् । चितवन राष्ट्रिय निकुन्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र, सौराहाको संयुक्त टोलीले पुस १ गतेदेखि १५ गतेसम्म नदीको अनुगमन गर्ने क्रममा उक्त संख्यामा घडियाल भेटिएका हुन् ।

नारायणी नदीमा भेटिएका एक सय १३ घडियाल गोही मध्ये ३ वटा भाले र राप्तीमा नदीमा भेटिएका एक सय ५२ मध्ये ३ वटा भाले रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

साथै उक्त अनुगमनको क्रममा ३ वटा डल्फिन समेत रेकर्ड गरिएको उनले बताए । घडियाल अनुगमन कार्यमा काठको डुंगा, रवर वोट, जीपीएस, क्यामेरा, बाईनाकुलर लगायतका सामग्री प्रयोग भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *