होटलमा लगेर १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २३ बर्षिय युवक पक्राउ

झापा, ४ पुस
झापामा १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरादह नगरपालिका-६ बस्ने २३ वर्षीय दीपक बराइली रहेका छन् ।

कन्काई नगरपालिका-२ सुरुङगा बजारस्थित पेरिस होटल एण्ड लजमा गत मंसिर २५ गते बराइलीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भईरहको प्रहरिले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *