काठमाडौँ, ४ पुस
कुराकानीको स्क्रिन रेकर्ड गरेर चरित्र हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गुल्मीको सत्यवती गाउँपालिका घर भएका ४४ वर्षीय डिल बहादुर गलामी रहेका छन् । उनलाई प्रहरीले पुस २ गते बाँकेबाट पक्राउ गरेको हो ।
गलामीमाथि म्यासेजिङ एपमा साथी बनेर वार्तालाप स्क्रिन रेकर्ड गरेर सामाजिक सञ्जालमा अश्लील सन्देश पोस्ट गरेर एकल महिलाको चरित्र हत्या गरेको आरोप रहेको छ ।
साइबर ब्युरोका सूचना अधिकारी (एसपी) पशुपति कुमार रायका अनुसार उनलाई विद्युतीय कारोबार ऐन–२०६३ को कसुरमा थप अनुसन्धान भईरहेको छ।

Leave a Reply