थुनामा रहेका व्यक्तिको मुद्दा मिलाइदिन्छु भन्दै ठगि गर्ने दुईजना पक्राउ

काठमाडौँ, २६ मङ्सिर
थुनामा रहेका एक व्यक्तिको मुद्दा मिलाइदिन्छु भन्दै ठगि गर्ने दुईजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुर घर भई हाल काठमाडौँ बस्ने २६ वर्षीया रितु राई र बर्दिया घर भई हाल काठमाडौँ बस्ने २१ वर्षीय निरेश चौधरी रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार सुर्खेतको वीरेन्द्रनगर घर भएका रेवन्त खड्काको मुद्दा मिलाइदिन्छु भन्दै उनका बुवा अमर बहादुर खड्काबाट ९९ लाख ७५ हजार रुपैयाँ उनीहरुले ठगी गरेका थिए ।

खड्का आपराधिक विश्वासघात र संगठित अपराधको मुद्दामा सीआईबीबाटै पक्राउ परी काठमाडौँ जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जनाकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *