हैजा फैलिएपछि जिम्बाब्वेमा संकटकाल

हरारे । हैजा फैलिएपछि जिम्बाब्वेको राजधानी हरारेमा संकटकाल घोषणा गरिएको छ । हैजाका कारण अहिलेसम्म दर्जनौँ मानिसको मृत्यु भइसकेको छ भने करिब ७ हजार शङ्कास्पद बिरामीहरू छन् ।

हरारेको प्रशासनले सहरभर हैजा तीव्र गतिमा फैलिरहेको बताएको छ। यसले सन् २००८ को हैजाका कारण हजारौँ मानिसको ज्यान गएको सम्झना ताजा गरेको छ । ‘हामीले हैजाका कारण आपतकालिन अवस्थाको घोषणा गरेका छौँ,’ स्थानीय मिडियाले मेयर आयन म्याकोनलाई उद्धृत गर्दै भनेको छ।

रेडक्रस अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) का अनुसार हैजाको प्रकोपपछि अस्पतालहरूमा बिरामीको बढ्दो सङ्ख्यालाई नियन्त्रण गर्न स्वास्थ्य अधिकारीहरू संघर्ष गरिरहेका छन्। आईएफआरसीले यति धेरै केस ह्यान्डल गर्न स्वास्थ्यकर्मीको अभाव रहेको पनि बताएको छ। जिम्बाब्वे हालका महिनाहरूमा सफा पानीको अभावका कारण घातक हैजासँग लडिरहेको छ।एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *