चितवनमा नक्कली सुनलाई लोगो छापसहित सक्कली बनाएर ठगी गर्न खोज्ने दुईजना पक्राउ

चितवन, २३ कात्तिक
चितवनमा नक्कली सुनलाई लोगो छापसहित सक्कली बनाएर ठगी गर्न खोज्ने पहेंलो धातुसहित दुईजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्कुटर चालक संखुवासभा सभापोखरी गाउँपालिका वडा नं. ०३ घर भएका हाल काठमाण्डौँ महानगरपालिका नं. ४ चक्रपथ बस्ने ४३ बर्षीय कमल अधिकारी र सोहि स्कुटरमा सवार सिन्धुली फिकल गाउपालिका वडा नम्बर ३ घर भई हाल सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ७ बस्ने ४३ बर्षीय दिल बहादुर थापा रहेका छन् ।

हेटौँडाबाट भरतपुर तर्फ आउदै गरेको बागमती प्रदेश ०३९ प ७५३२ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

नक्कली सुनलाई लोगो छापसहित सक्कली बनाएर रकम ठगी गर्ने उदेश्यले उक्त धातु लिएर हिडेको प्रहरीले जनाएको छ ।

उनीहरु दुईजनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *