पत्रकारको तलब बढाउन सांसद विकको माग

काठमाडौँ, १६ कात्तिक
नेपाली कांग्रेस सांसद शान्ति विकले पत्रकारहरुको तलब बढाउन गर्न माग गरेकी छिन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद विकले श्रमजीवी पत्रकारको तलब बढाउन आग्रह गरेकी हुन् ।

‘देशको चौथो अङ्गको रूपमा रहेको श्रमजीवी पत्रकारले देश र जनता, सरकार अनि समाजमा महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छन् । विश्वमा के भइरहेको छ पत्रकारकै कारण सञ्चार माध्यमद्वारा सहजै थाहा पाउन सक्छौँ । पत्रकारको आधारभूत आवश्यकता पनि पूरा हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि गराई कार्यान्वयन गर्नका लागि सभामुख मार्फत सरकारको ध्यान आकर्षण गर्दछु ।’ सांसद विकले भनिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *