इक्यान चितवनले नारायणी किनारमा बनायो २ वटा लिङ्गे पिङ

चितवन, कार्तिक २

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनले नारायणी किनारमा लिङ्गे पिङ निर्माण गरेको छ ।

उक्त पिङको उद्घाटन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष्य सुमन श्रेष्ठको प्रमुख अतिथ्य र इक्यान चितवनका उपाध्यक्ष्य दिपकचन्द्र भट्टराईको अध्यक्षतामा आज गरिएको हो ।

उक्त कार्यक्रम चितवन इक्यानका सचिव किशोर सुवेदीले सञ्चालन गरेका थिए ।

इक्यान चितवनका सदस्यहरुको अग्रसतामा कार्यक्रम सञ्चलान भएको चितवन इक्यानका कोषध्यक्षय प्रज्वल पौडेलले जानकरी दिए ।

नारायणीमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले पिङ खेलेर मज्जा लिन सक्ने छन् । यसले नारायणीमा पयर्टकहरुको थप आगमन बढाउने बिश्वास लिइएको छ ।

समयसमयमा विभिन्न सामाजिक काम समेत गर्दै आइरहेको इक्यान चितवनले गतवर्ष पनि नारायणी किनारमा पिङ निर्माण गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *