काठमाडौँ, २ कात्तिक
राष्ट्रपति कार्यालय शीतल निवासले विजयदशमीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले लगाइदिने टिकाको समयतालिका सार्वजनिक गरेको छ ।
बिहीबार एक प्रेस नोट जारी गरी राष्ट्रपति कार्यालयले कात्तिक ७ गते अपरान्ह २ बजेदेखि ५ बजेसम्म टिका प्रदान गर्ने समय तालिका सार्वजनिक गरेको हो ।
विज्ञप्तिमा विशिष्ट व्यक्तिहरुका लागि बिहान २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणका लागि ३ बजेदेखि ५ बजेसम्म राष्ट्रपति पौडेलले टिका प्रसाद प्रदान गर्ने जनाइएको छ ।


Leave a Reply