राहुल महरालाई राखियो सुन्धारास्थित केन्द्रीय कारागार

काठमाडौँ, २८ असोज
विद्युतीय सिगरेट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ ।

भदौ १३ मा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले शुक्रबार पुर्पक्षका लागि जेल चलान गरेको थियो । अदालतको आदेशपछि उनलाई सुन्धारा कारागार चलान गरिएको हो ।

हाल सुन्धारा कागारभित्र भुटानी शरणर्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमालेका सचिव टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेसहित रायमाझीका छोरा सन्दीप रायमाझीलाई पनि राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *