हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेना अवरुद्ध

दिलमाया शाही
जुम्ला, २३ वैशाख-

हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्लाका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको टावरको हर्नमा समस्या भएकाले सेवा अवरुद्ध हुन पुगेको हो ।

नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार टावरको हर्न क्षति हुनुका साथै सामग्री पनि नभेटिएकाले सेवा अवरुद्ध हुन पुगेको हो । काठमाडौंबाट सामान मगाइएको उनले जानकारी दिए ।

उनले भने, ‘सामग्री जहाजमा आउँदै छ । काठमाडौंबाट नेपालगञ्ज आइपुगेको छ । अब त्यहाँबाट ल्याउने तयारी भइरहेको छ ।’ सामान आइपुगेपछि टेलिफोन सेवा सुरु हुने उनले बताए । -न्युज कारखाना

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *