मोरङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं, १९ वैशाख-

मोरङको कानेपोखरी गाँउपालिका–७ मा आइतबार साँझ ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१६ का अन्दाजी २९ बर्षीय रुपक श्रेष्ठ रहेका छन् ।

ना ३ ख ६७६ नम्बरको ट्रकले हिजो साँझ साढे ६ बजे श्रेष्ठ सवार प्रदेश १–०२–०४९ प नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चालक श्रेष्ठको उपचारको क्रममा बिराटनगर स्थित न्युरो अस्पतालमा बेलुकी साढे ८ बजे मृत्यु भएको हो ।

ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय बेलबारी मोरङले नियन्त्रणमा लिएको छ ।-न्युज कारखाना

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *