श्रृङ्खला भन्छिन्: मानिसहरु चिढाउने काम गरिरहेका छन्,तर म रियाक्सन दिन्न

काठमाडौं, ९ साउन
मिस नेपाल २०१८ श्रृङ्खला खतिवडा पछिल्लो समय आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छिन्।

केहि समय अगाडि अमेरिकाबाट नेपाल फर्केकी श्रृङ्खलाले मानिसहरुले आफूलाई चिढाउने काम गरिरहेको आरोप लगाएकी छिन्।

एक पटकाष्टमा कुरा गर्दै खतिवडाले मानिहरुले आफूलाई चिढाउने काम गरिरहेको तर आफूले भने त्यसको बारेमा केहि रियाक्सन नदिने पनि बताएकी छिन्।

उनले आफ्नो जीवनको व्यक्तिगत कुरा खोतल्छु भनेर कतै साइन नगरेको पनि बताएकी छिन्।

खतिवडा भन्छिन्,‘म पब्लिक पर्सन हो, थाहा छ। म मिस नेपाल हुँदा मेरो जीवनको व्यक्तिगत कुरा खोतल्छु भनेर कतै साइन गरेकी छैन।’

मानिसहरूले आफूबाट के खोजिरहेको थाहा नभएको र त्यसको उत्तर आफूसँग नभएको पनि उनले बताएकी छिन्।

खतिवडा पछिल्लो समय प्रेमका कारण चर्चा रहँदै आएकी छन्। केही समय अगाडि श्रृङ्खलाको नाम सञ्चार उद्यमी सम्भव सिरोहियासँग जोडिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *