श्रमिकको न्यूनतम ज्याला र सहकारीपीडितको माग सम्बोधन गर्न विश्वप्रकाश शर्माको आग्रह

काठमाडाैं ,असार ३१
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको माग सम्बोधन गर्न माग गरेका छन् ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा आफ्नो धारणा राख्दै महामन्त्री शर्माले भने– “सहकारीकर्मीहरु आन्दोलनमा छन् । केही सहकारीकर्मीका कारण सयौं सहकारी आलोचित भएका छन्, सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने सहकारीकर्मीसँग संवादमार्फत माग पूरा गर्न आग्रह गर्न चाहन्छु ।”

हरेक दुई वर्षमा नेपाली श्रमिकको न्यूनतम ज्याला तोकिने व्यवस्था भए पनि सरकारले कुनै चासो नदेखाएको उनले गुनासो गरे । “ज्याला वृद्धि गर्ने सन्दर्भमा सरकार रोजगारदाता र श्रमिकका प्रतिनिधिबीच संवाद मार्फत समस्या टुङ्गोमा पुर्‍याउने विषयमा सरकार गम्भीर हुनुपर्छ”, महामन्त्री शर्माले भने ।

महामन्त्री शर्माले आजै नयाँ बानेश्वरमा ट्रेड युनियन कांग्रेसले गरेको प्रदर्शनमार्फत समेत न्यूनतम ज्याला निर्धारण गर्ने सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *