मिटरब्याज पीडितलाई भेट्न माइतीघर पुगे गृहमन्त्री

काठमाडौं,असार २४-

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूसँग भेटवार्ता गरेका छन्।

आइतबार अपराह्न माइतीघरस्थित धर्नास्थल पुगेर मन्त्री श्रेष्ठले पीडितहरूलाई भेटेका हुन्। भेटमा उनले मिटरब्याज पीडितलाई न्याय दिने विषयमा सरकार गम्भीर रहेको बताएका थिए।

माइतीघरमा १९ दिनदेखि मिटरब्याज पीडितहरू धर्ना दिँदै आएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *