नेपाल आयल निगमले घटायो इन्धनको मूल्य

काठमाडाैं असार ५,

नेपाल आयल निगमले इन्धनको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।

निगमको विज्ञप्तिअनुसार मंगलबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धन आन्तरिकतर्फको साविकको बिक्री मूल्य प्रति लिटर रु १० घटेको छ । जसअनुसार बिक्री मूल्य रु १५० प्रतिलिटर कायम भएको छ ।

यस्तै अन्तर्राष्ट्रियतर्फको साविक विक्री मूल्य प्रति किलो लिटर अमेरिकी डलर २०० घटाएर नयाँ बिक्री मूल्य डलरमा १,१५० कायम गरिएको छ ।

निगमले डिजेल, पेट्रोल र ग्यासको मूल्य भने यथावत नै राखेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *