भरतपुरका १० अध्यक्ष भण्डारीले वडा सदस्यमा उम्मेद्वारी दिएपछि एमालेका जिसी बने कार्यबाहक वडाध्यक्ष

चितवन, बैशाख १४ –

बलराम जिसी भरतपुर १० का कार्यबाहक वडाध्यक्ष बनेका छन् । निवर्तमान वडाध्यक्ष अरुणपीडित भण्डारीले राजीनामा दिएपछि वडा सदस्य रहेका जिसी कार्यबाहक अध्यक्ष बनेका हुन् ।

गत निर्वाचनमा जिसी नेकपा एमालेबाट वडा सदस्यमा उम्मेद्वार उठेर विजयी भएका थिए ।

निवर्तमान वडाध्यक्ष भण्डारीले अध्यक्षबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेद्वारी दिएका छन् । भण्डारी गत निर्वाचनमा एमालेबाटै उम्मेद्वार बनेर विजयी भएका थिए । तर अहिले उनी नेकपा समाजवादीतर्फ लागेका छन् ।

सत्तारुढ गठबन्धनमा भागबण्डा गर्दा भरतपुर १० नेपाली कांग्रेसले पाएपछि वडाध्यक्ष भइसकेका भण्डारीले सदस्यमा उम्मेद्वारी दिन पुगेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *