क्षतिपूर्ति र राहतको लोभमा श्रीमतीले ज्युँदै श्रीमानलाई दुर्घटनामा गुमाएको दाबी गरेपछि…

काठमाडाैं  जेठ २४,

भारतको ओडिशामा गत शुक्रवार भएको रेल दुर्घटनामा आफ्ना श्रीमानको ज्यान गएको भन्दै क्षतिपूर्ति दाबी गर्ने एक महिला समस्यामा परेकी छन् ।

भारतको कटक जिल्लाको मनियाबन्दीकी गीजान्जली दत्ताले दुर्घटनामा आफ्ना श्रीमानको मृत्यु भएको दाबी गरेकी थिइन् ।

उनले एउटा शवलाई आफ्नो श्रीमानको शव भनेर पहिचानसमेत गराएकी थिइन् । तर कागजात नमिलेपछि उनको दाबी पुगेन । उनलाई प्रहरीले चेतावनी दिएर छोडिदियो ।

तर, अहिले घटनामा नयाँ ट्वीस्ट आएको छ । रेल दुर्घटनामा ज्यान गुमाएका भनिएका उनका श्रीमानले प्रहरीमा उनीविरुद्ध जाहेरी दिएका छन् । मृत भनिएका श्रीमानले उनीविरुद्ध जाहेरी दिएपछि उनी समस्यामा परेकी हुन् ।

खासमा उनका श्रीमान विजय उक्त रेलमा यात्रासमेत नगरेका रहेछन् ।

१३ वर्षदेखि अलग बसेका श्रीमानले दुर्घटनामा मरेको दाबी गर्ने श्रीमतीविरुद्ध कडा कारवाहीको माग गर्दै जाहेरी दिएका छन् ।

श्रीमानले जाहेरी दिएपछि ती महिलाले सरकार र भारतीय रेल सेवाका तर्फबाट क्षतिपूर्ति र राहत लिन उक्त नाटक गरेको खुलेको छ ।

रेल दुर्घटनामा ज्यान गुमाउनेलाई ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले पाँच लाख, प्रधानमन्त्री नरेन्द्र मोदीले दुई लाख दिने घोषणा गरेका छन् । यस्तै रेल्वेले १० लाख दिँदै छ ।

शुक्रवार भएको दुर्घटनामा २७५ जनाको ज्यान गएको छ भने एक हजार बढी घाइते भएका छन् । जसमध्ये अहिले पनि २५० जना अस्पतालमा उपचार गराइरहेका छन् । अमर उजाला

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *