माडीको रेड हिल युनाइटेड फुटबल क्लबलाई नारायणगढको शुभ पेट्रोल पम्पद्वारा खेलकुद सामग्री सहयोग

चितवन, बैशाख ५ –
माडीको रेड हिल युनाइटेड फुटबल क्लबलाई नारायणगढको शुभ पेट्रोल पम्पले खेलकुद सामग्री सहयोग गरेको छ ।

आज माडीमा एक कार्यक्रमका बीच स्व. जित बहादुर पियाको स्मृतिमा पेट्रोलपम्पले सहयोग गरेको हो । पेट्रल पम्पका सञ्चालका सबल पियाले आफ्नो हजुबुवाको सम्झनामा खेलकुद सामग्री सहयोग गरेको जानकारी दिए ।

माडी नगरपालिका ४ मा एक वर्ष अगाडि खुलेको उक्त फुटबल क्लबका उत्कृष्टि खेलाडी रवि रानाभाटलाई नगद सहयोग समेत गरिएको पियाले चितवन आजलाई जानकारी दिए ।

स्व. जित बहादुर पियाको स्मृतिमा शुभ पेट्रोल पम्प र लायन्स क्लव अफ नारायणगढले समयसमयमा सामाजिक कार्य गर्दै आइरहेको छ । माडीमा क्लवले हाल निशुल्क सिलाई बुनाई तालिम सञ्चालन गरिरहेको छ ।

पम्पले नारायणी मावि र भानु माविमा विद्यार्थीहरुका लागि छात्रवृत्ति कोष खडा गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *