इमरान खानको घरमा प्रहरीको चौतर्फी घेराबन्दी, ३०–४० आतंककारी लुकाएको आरोप

काठमाडाैं जेठ ४,

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान फेरि प्रहरीको घेराबन्दीमा परेका छन् ।

लाहौरको जमान पार्कस्थित खानको घरलाई प्रहरीले घेरामा हालेको छ भने सो क्षेत्रमा सर्वसाधारणको आवतजावत निषेध गरेको छ ।

पञ्जाब प्रहरीले खानको घरमा ३०–४० आतंककारी लुकाएको आरोप लगाएको छ । खानलाई घेराबन्दी गर्दै प्रहरीले २४ घण्टाभित्र आतंककारीलाई सरकारको जिम्मा लगाउन समय दिएको छ ।

तोकिएको समयभित्र आतंककारीलाई प्रहरीको जिम्मा नलगाएमा प्रहरीले कारवाही र धरपकड शुरू गर्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पञ्जाब प्रहरीले बुधवार साँझ ५ बजे खानको घरलाई घेरेको थियो ।

पाकिस्तानका कार्यबाहक सूचना मन्त्री आमिर मीरले खानको घरमा आतंककारीलाई लुकाइएको आरोप लगाए । प्रहरीले सो क्षेत्रमा विद्युत् पनि अवरुद्ध गरेको छ । प्रहरीलाई समन्वय नगरेमा जुनसुकै बेला पनि खान पक्राउ पर्नसक्ने जनाइएको छ ।

केही दिनअघि प्रहरीले पक्राउ गरेका खान अदालतको आदेशमा छुटेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *