क्रिकेट टिमका खेलाडीलाई राष्ट्रिय वाणिज्य बैंकले जनही एक लाख दिने

काठमाडौं जेठ ३,
राष्ट्रिय बाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने भएको छ ।

नेपाल क्रिकेट संघ ९क्यान०ले बुधबार सामाजिक सञ्जालमार्फत वाणिज्य बैंकले नेपाली टिमका खेलाडीलाई जनही एक लाख र टिमका अफिसियलहरूलाई जनही ५० हजार रुपैयाँ दिने जनाएको हो ।

वाणिज्य बैंकले नेपाली टिम एसिया कपमा छनोट भएका कारण नगद पुरस्कारसहित सम्मान गर्ने भएको हो । वाणिज्य बैंकले आगामी दिनमा पनि क्यानसँगको सहकार्यलाई अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

नेपालले घरेलु मैदानमा सम्पन्न एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स ९यूएई० लाई फाइनलमा सात विकेटले पराजित गर्दै एसिया कपमा स्थान पक्का गरेको थियो ।

एसीसी प्रिमियर कपको उपाधिसहित एसिया कपमा छनोट भएको नेपालले त्यहाँ समूह चरणको खेलमा भारत र पाकिस्तानसँग खेल्ने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *