अर्जुन भुषाल चितवनको माडी नगरपालिकाको मेयरमा उठ्ने

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, बैशाख ११
सामाजिक अभियान्ता अर्जुन भुषालले माडी नगरपालिकाको प्रमुख (मेयर)मा उम्मेद्वारी दिने भएका छन् ।

माडी नगरपालिकाको मेयरमा आफूले स्वतन्त्र रुपमा उम्मेद्वारी दिन लागेको भुषालले चितवन आजलाई बताए ।

माडी नगरपालिका–४ का स्थायी बासिन्दा भुषाल सामाजिक कार्य गरेर देशभर चर्चा कमाएका सामाजिक व्यक्ति हुन् ।

युवाहरु पनि अब राजनीतिमा आएर नेतृत्व लिनुपर्ने उनको भनाइ छ । माडी आफ्नो प्यारो भूमि भएकाले यही स्थानबाट मेयरमा उठ्न लागेको उनले बताए । भुषालले आफूलाई जिताएर नगरपालिकाको नेतृत्व एक स्वतन्त्र युवाको हातमा सुम्पन आग्रह गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *