भरतपुर २३ को सरस्वती माविले स्वर्ण महोत्सव मनाउँदै, भोलिदेखि एक हप्ते कार्यक्रम सुरु

चितवन, माघ ३ –
भरतपुरको सरस्वती माध्यामिक विद्यालयले स्वर्ण महोत्सव मनाउने भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २३ मधुपुरीमा रहेको विद्यालयले एक हप्तासम्म विभिन्न कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउन लागेको हो ।

विद्यालयका प्राधानाध्यापक नवराज पोखरेलका अनुसार स्वर्ण महोत्सव समारोहको पहिलो दिन भोलि माघ ४ गते निःशुल्क आँखा शिविर गरिँदै छ । भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा हुन लागेको शिविरमा अप्रेसन गर्नु परे पनि शुल्क नलाग्ने पोखरेलले बताए ।

यस्तै माघ ६ गते मोटरसाइकल ¥याली, ७ गते कलश शोभा यात्रा, ८ गते सांस्कृतिक कार्यक्रम, ९, १०, ११ गते पूर्वशिक्षक, पूर्वसमिति र चन्दादातालाई सम्मान कार्यक्रम रहेको स्वर्ण महोत्सव व्यवस्थापन समितिले जनाएको छ ।

माघ १२ गते सरस्वती पूजाका दिन स्वर्ण महोत्सव समापन हुने कार्य तालिका रहेको छ ।

समारोहमा दान गर्नेहरुका लागि दान गरेको रकम अनुसार विभिन्न तरिकाले सम्मान गर्ने तयारी विद्यालयको छ । २५ लाख भन्दा बढी दान गर्ने व्यक्तिको नाममा एउटा भवन नै बनाउने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *