क्यालिफोर्नियाको आँधीमा ठूलो जनधनको क्षती

क्यालिफोर्निया

अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ । आँधीबाट ठूलो भौतिक संरचनामा क्षति पुगेको छ । आँधीपछिको वर्षाबाट बाढी र पहिरो गएको थियो । बाढीले सडक भत्किएका र पोलहरु ढलेका छन् ।

आँधीबाट दक्षिणी क्षेत्र सबैभन्दा बढी प्रभावित छ । त्यहाँबाट हजारौँ मानिसलाई उद्धार गरेर अन्यत्रै लगिएको छ ।

आँधी अरु केही दिनसम्म रहनसक्ने भन्दै यहाँको राज्य सरकारले सावधानी दर्शाएको छ । सन् २०१८ को जनवरीमा आएको आँधीमा कम्तीमा २३ जनाको मृत्यु भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *