जिल्ला प्रशासन कार्यालय चितवनले लागू गर्यो ‘टाइम कार्ड’

काठमाडौं, पुष २६-

जिल्ला प्रशासन कार्यालय चितवनले ‘टाइम कार्ड’ लागू गरेको छ । लामो समय कुर्नु नपरोस् भनेर ‘टाइम कार्ड’ लागू गरिएको हो।

‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतिपूर्ति भरण गराइने छ ।

प्रमुख जिल्ला अधिकारी अश्मान तामाङका अनुसार राष्ट्रिय परिचय पत्र, राहदानी, नागरिकता र प्रतिलिपि शाखा, मुद्दा शाखा लगायतका शाखामा ‘टाइम कार्ड’ लागू गरिएको छ ।

कार्यालय परिसरमा राखिएको ‘हेल्प डेस्क’ बाट आवश्यक कागजपत्र पूरा भए नभएको हेरेर सेवाग्राहीलाई सेवाका लागि पठाइने गरिन्छ । कागजपत्र पूरा भएका सेवाग्राहीलाई मात्र ‘टाइम कार्ड’ दिइनेछ ।

‘टाइम कार्ड’ लागू भएपछि तोकिएको समयमा सेवाग्राहीहरुले सेवा पाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *