श्रीलङ्कामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या बढ्दो

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • श्रीलङ्कामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या बढ्दो
श्रीलङ्कामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या बढ्दो

एजेन्सी, पुष २३-
श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या बढेको छ । विगतको तुलनामा सन् २०२१ र २२ मा कुपोषणको समस्या बढेको हो ।

संयुक्त राष्ट्र सङ्घीय बालकोष ९युनिसेफ० पछिल्लो एक प्रतिवेदनअनुसार श्रीलङ्कामा कुपोषण समस्या यथावत् छ भने यसवर्ष २९ लाख बालबालिकासहित अनुमानित ६२ लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता छ ।

देशले पछिल्लो पटक भोगेको आर्थिक सङ्कटबाट पनि बालबालिकाको स्वास्थ्यसम्बन्धी बानी र मानिसको क्रयशक्तिमा आएको कमीका कारण कुपोषण बढेको श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले बताए ।

उनले कुपोषणको समस्या समाधानका लागि आवश्यक कदम चालिएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *