फेरिने भयो भाइरल बनेको बाघको मूर्तिको स्वरूप

सुर्खेत, पुस २१ –
सुर्खेतको सहिद पार्कमा बनाइएको स्वरूप नमिलेको बाघको मूर्ति मर्मत गरिने भएको छ। पार्कमा बनेको पाटेबाघको मूर्तिको स्वरूप नमिलेपछि सामाजिक सञ्जालमा यसको आलोचना भइरहेको छ।

सुरूमा अस्वभाविक खर्चमा निर्माण गरिएको भन्दै आलोचना भएको उक्त प्रतिमाको अहिले स्वरूप नमिलेको भन्ने आलोचना बढेको छ।

पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा रहेको पार्कमा पर्यटककै आकर्षणका लागि बनेको पाटेबाघको मूर्तिको आलोचना भएपछि फेरि त्यसलाई मर्मत गरेर पाटेबाघकै आकर्षक स्वरूपमा ल्याउने तयारी गरिएको वीरेन्द्रनगर-४ का वडाध्यक्ष शेरबहादुर केसीले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *