इन्स्टाग्राममा सर्वाधिक कमाउने रोनाल्डो, मेसी तेस्रो

एजेन्सी, पुष २१-
क्रिस्टियानो रोनाल्डो इन्स्टाग्रामबाट सर्वाधिक पैसा कमाउने स्टार बनेका छन्।

उनले लामो समयदेखिका आफ्ना प्रतिद्वन्द्वी लियोनेल मेसीलाई अघि बढ्न दिएका छैनन्। मेसी भने सर्वाधिक पैसा कमाउने स्टारको तेस्रो नम्बरमा रहेका छन्। दोस्रो नम्बरमा अमेरिकाकी सेलिब्रेटी काइली जेनर रहेकी छन्।

रोनाल्डो ५२९ मिलियन फलोअर्सका साथमा पर ब्रान्ड पोस्ट २ मिलियन पाउन्ड कमाइ गर्ने गरेका छन्। होपर्सका अनुसार इन्स्टाग्राममार्फत् २०२२ को धनाड्य लिस्टमा शीर्ष स्थानमा रहेका क्रिस्टियानो रोनाल्डो रहेका छन्।

पोर्चुगिज स्टार रोनाल्डो केही समय अघिमात्रै साउदी क्लब अल नासरमा १७५ मिलियन पाउन्डमा अनुबन्धित भएका थिए। रोनाल्डोले नाइकी, क्लियर स्याम्पू, लुइस भुइटन, बिटक्वाइनलगायतका ब्रान्डको विज्ञापन गर्ने गरेका छन्।

उनले पछिल्लो पटक २२ नोभेम्बरमा पेड पार्टनरसिप पब्लिस गरेका थिए। त्यसयता उनले इन्स्टाग्राममा कुनै पनि कम्पनीका लागि पेड पार्टनरसिप पब्लिस गरेका छैनन्।

सर्वाधिक इन्स्टग्राममा कमाउने फुटबलरको दोस्रो नम्बरमा रहेका लियोनल मेसीले प्रति ब्रान्ड १।५ मिलियन पाउन्ड प्राप्त गर्ने गरेका छन्। ४१५ मिलियन फलोअर्स रहेका मेसी पछिल्लो समय ब्रान्डहरूका नजरमा सर्वाधिक बढी खोजिने स्टारमा रहेका छन्।

मेसीले विश्वकप जितेपछि उनलाई ब्रान्डहरूले सर्वाधिक धेरै खोजी गरेका हुन्। उनले पछिल्लो समय एकपछि अर्को नयाँ ब्रान्डको पेड पार्टनरसिपहरू इन्स्टाग्राममा राख्ने गरेका छन्।

इन्स्टाग्राममा सर्वाधिक कमाउने शीर्ष १० खेलाडी र उनीहरूले गर्ने कमाइ (प्रति ब्रान्ड पोस्ट)

क्रिस्टियानो रोनाल्डोस् २ मिलियन पाउन्ड
लियोनल मेसीस् १.५ मिलियन पाउन्ड
नेमारस् ७ लाख ८४ हजार पाउन्ड
डेभिड बेकह्यामस् ३ लाख ३० हजार पाउन्ड
रोनाल्डिन्होस् २ लाख ९९ हजार पाउन्ड
ज्लाटन इब्राहिमोभिकस् २ लाख ४१ हजार पाउन्ड
मोहम्मद सलाहस् २ लाख २८ हजार पाउन्ड
ग्यारेथ बेलस् २ लाख १२ हजार पाउन्ड
लुइस सुआरेजस् १ लाख ९६ हजार पाउन्ड
टोनी क्रुसस् १ लाख ५२ हजार पाउन्ड

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *