अमेरिकामा नेपाली महिलाहरुको सहयोगार्थ ‘दिब्याज फाउन्डेशन’ को स्थापना

चितवन, पुष २१-
अमेरिकाको टेक्सास राज्यको फोर्थअर्थ सिटीमा नेपाली समाजसेवी दिदिबहिनीहरुले दिब्याज फाउन्डेसन नामक सस्था गठन गरेका छन् ।

अंग्रेजी नयाँ बर्षको दिन पारेर सो संस्था गठन गरिएको हो । दुखमा परेका महिलाहरुलाइ सहयोग गर्न को लागि यस सस्थाको स्थापना गरिएको संस्थाकी संस्थापक बिनिमा सुवेदीले जानकारी दिइन् ।

उनका अनुसार धेरै महिलाहरु लाइ समेटेर महिला सशक्तिकरण, सिप मुलक तालिमको ब्यबस्था, रोजगारीको सिर्जना , दुख पाएका लाइ सहयोग गर्ने, नेपालबाट अध्यनको लागि आउने चेलीबेटीलार्इ सहयोग गर्ने रहेको सुवेदीले बताएकी छन् ।

संस्थाको अध्यक्षमा लक्ष्मी भण्डारी राना छन् भने उपाध्यक्षमा बिर्ति रिसाल, कोषाध्यक्षमा बिनिमा सुवेदी, सचिवमा मिता कार्की र सह सचिवमा अजिता कडेल रहेका छन् ।

२४ जनाको सदस्यबाट सुरु गरिएको यो सस्था आगामी २ बर्षमा २४०० पु¥याउने लक्ष्य रहेको संस्थापक बिनिमा सुवेदीले बताइन् ।

विदेशमा नेपालको धर्म र सास्कृती लाइ जोगाउने र आफ्ना बालबालिकालाई नेपाली संस्कृति सिकाउने, दुखमा परेका महिला दिदिबहिनीलाई सहयोग गर्ने अभिप्रायले स्थापना गरिएको सस्थाप्रति धेरै महिलाहरु आशावादी रहेको संस्थाकी लक्ष्मी भण्डारीले बताइन् ।

हरेक २ बर्षमा नयाँ पधाधिकारी को चयन हुने यो सस्था को बिधानमा उल्लेख गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *